५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कर्फ्युको समय बिहान ७ बजे सम्म, रविन्द्र मिश्र र धवलशम्सेर राणा पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय बढाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी कर्फ्यु आदेश भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि बढाइएको हो ।

उसअघि राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।

राजावादीहरुले गरेको आन्दोलनका क्रममा आज भएको घटनाको अनुसनधान गर्न भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ ।

प्रहरीले साँझ अबेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको पक्राउ सम्बन्धमा उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले पुष्टि गरे ।

आन्दोलनका क्रममा घाइते भएका कार्यकर्तालाई भेटेर फर्कने क्रममा दुवै जना प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं