१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पीएम कप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै



बुटवल । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भिडन्त हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि रक्षा गर्ने होडमा छन् । पुलिस साविक विजेता समेत हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ । आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् भने पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो ।

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ।

प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८-८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुंदैछ । फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको आज समापन हुनेछ । उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले