५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगन्जमा प्रदर्शन गरेका छन् । राजा तथा हिन्दु राष्ट्र समर्थकले बनाएको जिल्लास्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा नेपालगन्जमा प्रदर्शन गरिएको हो ।

नेपालगन्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझीमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध समेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायत बोलेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : १७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत