७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग



नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले श्रद्धान्जली अर्पण गरेको छ । नेपालगन्जमा शनिबार श्रद्धाञ्जली सभा गर्दै रजक प्रति श्रद्धान्जली अर्पण गरेको हो ।

महासंघले नेपालगन्जको बिपी चोकमा आयोजना गरेको श्रद्धान्जली सहितको विरोधसभामा बाल्ने वक्ताहरुले लोकतन्त्रको बिकल्प लोकतन्त्र बाहेक अरु केही हुन नसक्ने बताए । उनीहरुले पत्रकारलाई निशाना बनाएर गरिएको राजावादीहरुको हिंाित्मक आन्दोलनको निन्दा गरे ।

विरोधसभामा उपपिस्थत पत्रकार तथा आमन्त्रितहरुले पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै स्वर्गीय रजकको सम्झनामा १ मिनट मौनधारण गरे ।

बिरोध प्रर्दशनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष लियाकत अली प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डागी, नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायतले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले मृतक पत्रकार रजकलाई न्याय दिलाउन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गदै महासङ्घ सहित पत्रकारका संगठनहरू निरन्तर लाग्ने प्रतिबद्धता प्रतिबद्धता ब्यक्त गरेको थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता भएको विरोध प्रदर्शनमा बाँके जिल्लामा क्रियाशिल पत्रकारहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १० : ४४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी