२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनएसएल : आज बुटवल लुम्बिनी र झापा एफसी प्रतिस्पर्धा गर्दै



बुटवल । काठमाडौंमा शनिबारदेखि सुरु भएको एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी र झापा एफसी बीच आज प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साझ ६ बजेदेखि सुरु हुने छ ।

शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएका छन् । ललितपुर र काठमाडौं २-२ गोलको बराबरीमा रोकिएका हुन् । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनायो । दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमान्डौ ललितपुरलाई बराबरीमा रोक्न सफल भएको हो ।

दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।

खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।

एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो । दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके । पहिलो हाफ २-० को नतिजामा सकियो ।

ललितपुरले ६२ औं मिनेटमा उत्कृष्ट मौका गुमायो। योगेश गुरूङको पासमा पापा बाउ केबेको पावरफुल लेफ्ट फुटेट सटलाई गोल रक्षक जेफ्री बाल्टसले आकर्षक बचावट गरे । खेलमा फर्कन आतुर काठमाडौंले ६४ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा जिलेश्पी जङ्ग कार्कीले सेकेन्ड बारमा हानेको हेडर थोरैले बाहिरियो ।

खेलको ७५ औं मिनेटमा भने काठमाडौंले एक गोल फर्कायो । जिलेश्पी जङ्ग कार्कीको कट ब्याकमा अमान्डो डियोपले बक्स भित्रबाट हानेको कडा प्रहार आकर्षक गोलमा परिणत भयो । काठमाडौले खेललाई २-१ मा पुर्यायो । ८४ औं मिनेटमा खेललाई बराबरीमा पुर्याउने सुनौलो मौका काठमाडौंले गुमायो । जिलेश्पी जङ्ग कार्कीले बक्सभित्रबाट हानेको प्रहार क्रसबार माथीबाट बाहिरियो। निर्धारित नब्बे मिनेटको खेल २-१ को नगिजामा सकियो ।

तर इन्ज्युरी समयमा ललितपुरका योगेश गुरूङले बक्सभित्र भिन्सेन्टलाई फाउल हानेपछि रेफ्रीले काठमाडौंलाई पेनाल्टीको अवसर प्रदान गरे । इन्जुरी समयको पाँचौ मिनेटमा भिन्सेन्टले पेनाल्टीमा कुनै गल्ती गरेनन् । यो सँगै काठमाडौंले नाटकीय शैलीमा खेललाई २-२ को बराबरीमा पुर्यायो ।

तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल