६ श्रावण २०८३, बुधबार | July 22, 2026

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा



काठमाडौं । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो।

त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।

मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ। अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन्।

 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ०७ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९