३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति संसद्ले शोक प्रस्ताव पारित गरेको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएका बोहोराको निधनप्रति शोकप्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

यो चालु हिउँदे अधिवेशनको अन्तिम बैठक हो । मंगलबार राति १२ बजेबाट हिउँदै अधिवेशन अन्त्य हुँदै छ । कोरोनापछि बोहोराको घाँटीमा समस्या आएको थियो । ७४ वर्षको उमेरमा निधन भएको हो ।

बोहोरा ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोपटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रूपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रूपन्देही-२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ५३ बजे

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा