६ बैशाख २०८३, आइतबार | April 19, 2026

एकीकृत समाजवादीद्वारा राजनीतिक सम्मेलनको तयारी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ ।

मुलुकमा गणतन्त्र विरोधीद्वारा विद्यमान गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रर्दशन सुरु गरेपछि गणतन्त्रका पक्षधरको साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक सम्मेलनको तयारी गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा रोजगारी र सुशासनका लागि नयाँ रुपरेखा तयार गरिनुका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा, राजनीतिक दलका नेतृत्वले गरेका कमीकमजोरी तथा समस्या समाधानका विकल्पलगायत विषयमा छलफल गरिने छ ।

पूर्वराजा समर्थक समूहले सुरु गरेको अराजक र हिंसात्मक आन्दोलनका विरुद्ध देशभरका जनतालाई सुसूचित गर्न आगामी दिनमा साझा मुद्दा बनाएर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची सम्मेलनले तय गर्ने महासचिव भुसालले बताए ।

उनका अनुसार जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था, गरिबी निवारण, सुशासन, रोजगारीका सम्भावित क्षेत्र तथा अवसरबारे अन्तरक्रिया गरिने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ५८ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग