६ श्रावण २०८३, बुधबार | July 22, 2026

राप्रपाले पाएन भृकुटीमण्डप, प्रशासनले भन्यो – ‘सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न जिल्ला प्रशासन कार्यालयले नदिने भएको छ । राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न मागेको अनुमति माग्नु पहिले नै ‘बुकिङ’ भइसकेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थान दिन अस्वीकार गरेको छ।

राप्रपाले आमसभा गर्न अनुमति मागेको पत्र चैत २२ गते शुक्रबार अपराह्न ४ः२१ बजे इमेलमार्फत प्राप्त भएकोमा चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न सुरक्षा संवेदनशिलताका हिसाबले उपयुक्त नभएको प्रशासनले जवाफ दिएको छ ।

भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम) पनि भइरहेकाले सुरक्षा संवेदनशिलताका हिसाबले हाललाई भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने प्रशासन कार्यालयको पत्रमा उल्लेख छ।

प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ०५ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ