३ चैत्र २०८२, मंगलबार | March 17, 2026

अमेरिकाले बुधबारदेखि चिनियाँ सामानमा १०४ प्रतिशत आयात कर लगाउने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उक्त घोषणा गरेकी हुन् । ट्रम्पले गत बुधबार चीनविरुद्ध ३४ प्रतिशत पारस्पारिक आयात कर लगाएपछि चीनले पनि त्यसको जवाफमा अमेरिकालाई ३४ प्रतिशत आयात कर लगाएको थियो ।

चीनले आफ्नो देशविरुद्ध प्रतिशोधात्मक कर लगाएपछि रिसाएको अमेरिकाले अर्को ५० प्रतिशत आयात कर थप्दै समग्रमा चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउन लागेको सीएनएनले जनाएको छ ।

यसअघि चिनियाँ वाणिज्य मन्त्रालयले चिनियाँ आयातमा थप ५० प्रतिशत कर लगाउने निर्णय गल्तीमाथि अर्को गल्ती भन्दै कडा विरोध गरेको थियो । मन्त्रालयले अमेरिकी निर्यातमा कर लगाउने प्रतिबद्धता दोहोर्‍याएको छ । लिभिटको यो घोषणपछि मंगलबार बिहान बढेको अमेरिकी सेयर बजारमा फेरि गिरावट आएको थियो ।

“चीनजस्ता देशहरूले प्रतिशोध राखेर अमेरिकी श्रमिकहरूप्रति गरिएको दुर्व्यवहार बढाउने गल्ती गरिरहेका छन्,” लिभिटले भनिन्, “राष्ट्रपति ट्रम्पसँग स्टीलजस्तो मेरुदण्ड छ, उनी कसैसँग झुक्दैनन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : १७ बजे

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई