३० बैशाख २०८३, बुधबार | May 13, 2026

प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय भएन : महामन्त्री शर्मा

पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती



नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनको आज नेपालगन्जमा उदघाटन गर्दै शर्माले निर्वाचनबाट दुई तिहाई ल्याई संविधान संशोधन गरेर राजसंंस्था फर्काउन पूर्व राजा ज्ञानेन्द्रलाई सल्लाह दिए ।

महामन्त्री शर्माले आफ्नै कर्मले राजाको विदाई भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने स्पष्ट पारे । ‘आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस्,’ उनले भने- ‘तर, राजसंस्थाको रेल छुटिसकेको छ, अब त्यो सम्भाबनै छैन ।’

महामन्त्री शर्माले प्रधानमन्त्री आफै सडकमा भाषण गर्दै हिँडेको टिप्पणी गरे । उनले सरकारको ध्यान सडकमा प्रदर्शन गर्नु भन्दा राम्रो काम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता नदेखाएको आरोप लगाउँदै महामन्त्री शर्माले प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय नभएको टिप्पणी गरे । शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने पनि बताए । उनले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ की भन्ने मानसिकता त्याग्न आग्रह गर्दै पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अब अन्तर-विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता-कार्यकर्ता इमान्दार र अनुशासित भए मात्रै पार्टी मजबुत बन्ने बताए ।

केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेण्डा बोके पनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

सम्मेलनमा जिल्ला सभापति नारायण प्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : १६ बजे

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा