३ श्रावण २०८३, आइतबार | July 20, 2026

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले बल्ल मुख खोले [भिडियो सहित]

'बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परा मान्य हुने'



काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटना भएको १५ दिनपछि घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दुःखी भएको बताएका छन्। ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुस्ख लाग्यो,’ शाहले विज्ञप्तिमा भनेका छन्।

शाहले नागरिक स्तन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दै वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने भनेका छन्।

‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएका छौं,’ शाहले भनेका छन्, ‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय छ र अनुशरणीय छ।’

शाहले विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थित र समृद्ध मुलुक बनाउने जागरुकता पैदा भएको भन्दै नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको बताएका छन्।

‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै छ,’ शाहले सन्देशमा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ, वर्तमानमा बदलिँदो जनचाहनाकझ पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ।’

उनले विश्वभरि छरिरहेका नेपालीहरू एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु नहुने पनि उल्लेख गरेका छन् । शाहले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारको कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन्।

उनले संसार धेरै अघि बढिसकेको भन्दै यो वा त्यो वादको चक्रब्युहमा नेपाली फसिरहेको बताए। उनले नेपाल आमालाई केन्द्रमा राखेर विचार बन्नुपर्ने, कदम चल्नुपर्ने तथा हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्ने बताएका छन्।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३९ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग