१६ माघ २०८२, शुक्रबार | January 31, 2026

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले बल्ल मुख खोले [भिडियो सहित]

'बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परा मान्य हुने'



काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटना भएको १५ दिनपछि घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दुःखी भएको बताएका छन्। ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुस्ख लाग्यो,’ शाहले विज्ञप्तिमा भनेका छन्।

शाहले नागरिक स्तन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दै वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने भनेका छन्।

‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ, त्यसलाई सकारात्मक रुपमा लिएका छौं,’ शाहले भनेका छन्, ‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय छ र अनुशरणीय छ।’

शाहले विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थित र समृद्ध मुलुक बनाउने जागरुकता पैदा भएको भन्दै नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको बताएका छन्।

‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै छ,’ शाहले सन्देशमा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ, वर्तमानमा बदलिँदो जनचाहनाकझ पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ।’

उनले विश्वभरि छरिरहेका नेपालीहरू एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु नहुने पनि उल्लेख गरेका छन् । शाहले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारको कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन्।

उनले संसार धेरै अघि बढिसकेको भन्दै यो वा त्यो वादको चक्रब्युहमा नेपाली फसिरहेको बताए। उनले नेपाल आमालाई केन्द्रमा राखेर विचार बन्नुपर्ने, कदम चल्नुपर्ने तथा हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्ने बताएका छन्।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३९ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी