७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टी स्कुल व्यवस्थित गर्न माओवादी केन्द्र र सीपीसीबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)बीच पार्टीस्कुल संचालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनको छोङछिङ भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले आज सीपीसीको छोङछिङ नगर कमिटीसँग पार्टी स्कुल संचालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन र सीपीसीको छोङछिङ पार्टी कमिटीअन्तर्गत रहेको ‘सीपीसी एडमिनिस्ट्रेशन इन्स्टिच्यूट’का प्रतिनिधि वाङ ताङलिङले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा र सीपीसीको नेपाल र भारत मामिला हेर्ने अन्तराष्ट्रिय ब्यूरो-१ का निर्देशक चाङ जुईछिङको उपस्थितिमिा सो हस्ताक्षर भएको हो ।

समझदारीमा दुवै पक्षले पार्टी निर्माण र राज्यको शासन सञ्चालनमा पारस्परिक सिकाइ र अनुभव आदानप्रदानलाई गहिरो बनाउने प्रतिवद्धता जनाएका छन् । दुवैपक्षले पार्टी निर्माण, र क्याडर प्रशिक्षण जस्ता क्षेत्रमा हालसम्म प्राप्त व्यावहारिक उपलब्धिको माध्यमबाट आ–आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।

यस्तै दुवै पक्षहरू पार्टी स्कूल विकासमा अनुभव आदानप्रदानलाई सुदृढ गर्न, क्याडर शिक्षा र प्रशिक्षण प्रणाली, पाठ्यक्रम डिजाइन, संकाय विकास र शिक्षण विधि विकासमा सहकार्य गरी क्याडर शिक्षाको अन्तर्राष्ट्रियकरण र व्यावसायीकरणलाई संयुक्त रूपमा अभिवृद्धि गर्न सहमत भएका छन् । यसैगरी दुवै पक्षहरूले २१औं शताब्दीमा मार्क्सवादको नयाँ विकासलाई प्रवर्द्धन गर्न, मार्क्सवादलाई स्थानीय सन्दर्भ र समकालीन आवश्यकतामा अनुकूलन गर्ने सिद्धान्त र अभ्यासमा केन्द्रित रहन साथै क्षेत्रीय समाजवादी आन्दोलन र राज्य शासन जस्ता विषयमा संयुक्त अनुसन्धान गर्न समेत सहमति जनाएका छन् ।

दुवै पक्षहरूले बहुतहको आदानप्रदान संयन्त्र निर्माण गर्न र उच्चस्तरीय भ्रमण, संयुक्त सेमिनार र विषयगत कार्यशालाहरू मार्फत सैद्धान्तिक आदानप्रदान, शैक्षिक संवाद र अनुभव आदानप्रदानलाई सुदृढ गर्न सहमत भएका छन् ।

सचिव शर्माले नेतृत्व गरेको माओवादी केन्द्रको २० सदस्यीय प्रतिनिधिमण्डल यतिबेला सीपीसी विदेश विभागको निमन्त्रणमा छोङछिङको भ्रमणमा रहेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज