१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लागु औषधको ‘हव’ बन्दै नेपालगन्ज नाका, एक महिनामा १ सय २८ ग्राम बढी ब्राउनसुगर बरामद



नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत) मा दर्ता भएका १५८ वटा मुद्दातर्फ १ सय ९३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । साही अवधिमा पेण्डिङ रहेका ५२ वटा मुद्दाहरुलाई फर्छ्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

मासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै बाँके प्रहरीले बाँके प्रहरीले ठाडो उजुरीतर्फ परेको ५ सय ९३ निवेदनमा ५ सय २५ निवेदन फर्छ्यौट भएको जनाएको छ । प्रहरकिा अनुसार ६८ निवेदन अनुसन्धान प्रक्रियामा रहेका छन् ।

जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा ५६ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको प्रतिवेदनमा उल्लेख छ । पक्राउ परेका फरार प्रतिवादीबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७०८ रुपैयाँ जरिवाना असूल उपर गरिएको छ।

प्रहरीका अनुसार चैत महिनामा १३ लाख ५९ हजार ३५० रुपैयाँ बराबरको भारतबाट भन्सार छलीको गरेर ल्याइएको अवैध सामाग्री बरामद गर्दै प्रहरीले अवैध तस्करीमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ भने ओसारपसारमा प्रयोग भएको एउटा जीप र ३ वटा मोटरसाइकल पनि बरामद गर्दै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ।

प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाभरमा गरिएको ट्राफिक कारवाहीतर्फ ३ हजार ७२० वटा सावरीसाधनलाई कारवाही गर्दै २९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । बाँकेमा चेत्र महिनामा मात्र ७१ वटा सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको तथा १ सय २० जना घाइते भएका छन् । चैत महिनामै बाँके प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा टिपर र ३ वटा ट्याक्टरलाई नियनत्रणमा लिएर ८ हजार रुपैयाँँ जरिवाना गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

लागुऔषधविरुद्धको कारबाहीमा गत चैत महिनामा १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेस सहित १६ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यसैगरी, बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकल र २६ वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ भने सामाजिक संजाल प्रयोग गरी फिरौती माग्ने १ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

चैत्र महिनामा नै बाँके प्रहरीले उत्कृष्ट कार्य गर्ने दुई प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दै आचरण बिपरित कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई बिभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रतिवेदनमा लेखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : २१ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना