१३ बैशाख २०८२, शनिबार | April 26, 2025

लागु औषधको ‘हव’ बन्दै नेपालगन्ज नाका, एक महिनामा १ सय २८ ग्राम बढी ब्राउनसुगर बरामद



नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत) मा दर्ता भएका १५८ वटा मुद्दातर्फ १ सय ९३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । साही अवधिमा पेण्डिङ रहेका ५२ वटा मुद्दाहरुलाई फर्छ्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

मासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै बाँके प्रहरीले बाँके प्रहरीले ठाडो उजुरीतर्फ परेको ५ सय ९३ निवेदनमा ५ सय २५ निवेदन फर्छ्यौट भएको जनाएको छ । प्रहरकिा अनुसार ६८ निवेदन अनुसन्धान प्रक्रियामा रहेका छन् ।

जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा ५६ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको प्रतिवेदनमा उल्लेख छ । पक्राउ परेका फरार प्रतिवादीबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७०८ रुपैयाँ जरिवाना असूल उपर गरिएको छ।

प्रहरीका अनुसार चैत महिनामा १३ लाख ५९ हजार ३५० रुपैयाँ बराबरको भारतबाट भन्सार छलीको गरेर ल्याइएको अवैध सामाग्री बरामद गर्दै प्रहरीले अवैध तस्करीमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ भने ओसारपसारमा प्रयोग भएको एउटा जीप र ३ वटा मोटरसाइकल पनि बरामद गर्दै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ।

प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाभरमा गरिएको ट्राफिक कारवाहीतर्फ ३ हजार ७२० वटा सावरीसाधनलाई कारवाही गर्दै २९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । बाँकेमा चेत्र महिनामा मात्र ७१ वटा सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको तथा १ सय २० जना घाइते भएका छन् । चैत महिनामै बाँके प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा टिपर र ३ वटा ट्याक्टरलाई नियनत्रणमा लिएर ८ हजार रुपैयाँँ जरिवाना गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

लागुऔषधविरुद्धको कारबाहीमा गत चैत महिनामा १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेस सहित १६ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यसैगरी, बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकल र २६ वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ भने सामाजिक संजाल प्रयोग गरी फिरौती माग्ने १ जनालाई पक्राउ गरि कानूनी दायरामा ल्याइएको र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

चैत्र महिनामा नै बाँके प्रहरीले उत्कृष्ट कार्य गर्ने दुई प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दै आचरण बिपरित कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई बिभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रतिवेदनमा लेखिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : २१ बजे

आईपीएल : चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित

काठमाडौं । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

एपिएफ क्लव बन्यो लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास बित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास