२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता



काठमाडौं । विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ ।

आईपीयू को १५० औँ महासभाबाट नेतृत्व लिनुभएका सांसदहरू डा शाक्य र गौतमको स्वागत-सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उनीहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरिएको हो ।

एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य आईपीयूको दिगो विकास समितिमा विजयी भएका थिइन । माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानमा भएको सम्मेलनमा उनी नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन ।

एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । शाक्यलाई ६ मत प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ मत मात्रै प्राप्त गरेको थियो ।

मानवअधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयू पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको पनि शाक्यले बताइन।

नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गरे । छलफलमा सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीय संसद् सचिवालयको अन्तरराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो ।”

आइपियूको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालका तर्फबाट सांसद गौतम निर्वाचित भएकी छिन् । उनी निर्विरोध निर्वाचित भएकी थिइन । सांसद गौतमले नौ सदस्यीय टोलीमा दुई जना महिला रहेको र दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुसीको कुरा भएको बताइन ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको