१४ बैशाख २०८३, सोमबार | April 28, 2026

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा



नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगेको छ ।

आज साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष प्रचण्डसहितको टोलीले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेट्ने र आज राति त्यही बस्ने व्यवस्था मिलाइको बताए ।

पार्टीको बर्दघाट नगरकमिटी अध्यक्ष तजेन्द्र पुर्जाका अनुसार विद्यार्थी नेता पौडेललाई २०५८ साल फागुन २५ गते पोखराको नदीपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बुधबार सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेपछि अन्य राजनीतिक भेटघाट कार्यक्रम हुने नेता ज्ञवालीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ०९ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११