२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु



नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट ४ महिने शिशुको मृत्यु भएको छ । बाबु २१ वर्षीय दीपेन्द्र परियार र आमा ३५ वर्षीया कमला परियारले गएराती मादक पदार्थ सेवन गरी आफ्ना चार महिनाका छोरालाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।

घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

डिएसपी नेपालका अनुसार मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए । अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ५० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा