२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

बाँकेको जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली



नेपालगन्ज । बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली कार्यान्वयन गरिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले सेवाग्राहीलाई बढी चाप हुने शाखामा विद्युतीय टोकन प्रणाली लागू गरिएको जानकारी दिए । उनले छिटो आउने सेवाग्राहीको काम छरितो गर्न र भेदभाव नहोस भनेर टोकन प्रणाली सुरु गरिएकोे जानकारी दिए ।

जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपी शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागू गरिएको छ । सेवाग्राहीले टोकन लिएर सहजै सेवा प्राप्त गर्ने भएकाले विगतमा भन्दा थप सहज हुने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  २ : २९ बजे

फाइनलमा सुदूरपश्चिम, विराटनगर ७८ रनमै समेटिएपछि पहिलो क्वालिफायरमा भारी हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबार सम्पन्न

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै