२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित



काठमाठौं । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

आजदेखि सुरु हुन लागेको संघीय संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियो । तर, आफ्नो सम्बोधनको क्रममा प्रमुख प्रतिपक्षी दलका नेता एवं आफ्नै सत्तासाझेदार दलका सभापति एवं पूर्वप्रधानमन्त्री अनुपस्थित हुनेभएपछि सम्बोधनको कार्यक्रम स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गोरखाको भ्रमणमा रहेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डमा छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले गरेका दुई पटकका सम्बोधनको क्रममा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।

संसदमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलको नेता र अन्य दलका शीर्ष नेताहरु उपस्थित हुने परम्परा रहेको छ । यसैगरी प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरु उपस्थित हुने परम्परा रहेको छ । तर यो परम्परालाई प्रधानमन्त्री स्वयंले तोड्दै आएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ५४ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल