६ बैशाख २०८३, आइतबार | April 19, 2026

सभामुखले भने – नागरिकमा देखिएका असन्तुष्टि वर्षे अधिवेशनले चिर्न सकोस



काठमाडौं । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।

उनले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे। “यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ । संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो”, सभामुख घिमिरेले भने, “कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असन्तुष्टिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ । पारदर्शीता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ ।”

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनसमेत गरेका छन् । जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राई मनोनित भएका छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : १२ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका