२३ भदौ २०८३, मंगलबार | September 8, 2026

राप्रपा महामन्त्री धवलशमशेर आज स्वदेश फर्कँदै

पार्टी निर्णय विपरित कमल थापाको आन्दोलनमा सहभागी हुने राणाको घोषणा



काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् । क्यान्सर रोगसँग लडिरहेका राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।

‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोली  सोमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, । जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुने उनले जनाएका हुन् ।

राणा महामन्त्री रहेको राप्रपाले भने राजावादी आन्दोलन जस्लेगरेपनि नैतिक समर्थन जनाएपनि सक्रिय सहभागी नहुने निर्णय गरेको छ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पनि राणा र मिश्र पार्टी निर्णय विपरित प्रदर्शनमा सहभागी भएका थिए ।  राणामाथि तीनकुने प्रदर्शनमा हिंसात्मक गतिबिधि भएको भन्दै सरकारले मुद्दा दर्ता गरि अनुसनधान गरिरहेको छ । उनी सोही मुद्दामा हाजिरी जमानीमा छेटेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले भोलिको प्रदर्शनका बारेमा सहभागी हुने वा नहुने सम्बन्धमा कुनै निर्णय सार्वजनिक गरेको छैन । कमल थापाको राप्रपा नेपालको प्रदर्शनलाई नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ५९ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको