४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रचण्डले गरे राप्ती नदी कटानको अनुगमन



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज “जनतासँग माओवादी तराई मधेस जनजागर अभियान” अन्तर्गत बाँकी कार्यक्रमहरूमा सहभागी हुन बाँके आइपुगेका छन् । अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।

बाँकेमा पुगे लगत्तै अध्यक्ष प्रचण्डले राप्ती नदीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । उक्त क्षेत्रमा नदीमा तटबन्धन निर्माण नहुँदा फत्तेपुर वडा नं. ७ र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ ।सो स्थानमा संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भएको छ ।

सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरण (ड्यामेज कन्ट्रोल)का लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । साथै, थप बजेट का लागि पनि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रचण्डको फत्तेपुर स्थित सहति स्मारकमा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको