२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अदालतको अवहेलना मुद्दामा गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ



काठमाडौं । अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग गरेको हो।

गत बिहीबार थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएपछि त्यसविरुद्ध आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

यस मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र जवाफ पेस गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जनाए।

 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : १४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको