४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’



कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए ।

उनले भने, “कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्ने छ । अहिलेको युग सूचना प्रविधिको युग भएकाले आइटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ । ”

गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको चर्चा गर्दै उनले हुलाकी राजमार्ग निर्माणको कार्य अगाडि बढेको बताए । “गणतन्त्र आएपछि केही भएन भने भाष्य ठीक होइन”, उनले भने, “थुपै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्य भएका छन्, जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन ।”

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको