७ माघ २०८२, बुधबार | January 21, 2026

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित



काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको कार्य ब्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो।

यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पुर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

भट्टराइको राजीनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरे पछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।

तर, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ११ : ४८ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ