३० चैत्र २०८२, सोमबार | April 13, 2026

संघीयता बोझीलो भएकै हो : स्वास्थ्यमन्त्री पौडेल



नेपालगन्ज । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो भएको बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले दलहरुमा नीति निर्माणमा द्विविधा भएका कारण संघीयता बोझीलो भएको बताएका हुन् ।

उनले संघीयता बोझीलो भएको नाममा संघीयताको अन्त्य गर्नु भन्दा यसलाई छरिटो बनाउन जरुरी रहेको बताए । ‘संघीयताले बोझीलो भयो, यो धेरै खर्चिलो भयो, यसले चालु खर्च असाध्यै बढायो, देशभरी दर्जनौं मन्त्रीहरु भए, देशभरी सयाँ साँसदहरु भए, भन्ने कुरा आइरहेको छ, यो सत्यताको नजिक छ,’ उनले भने, ‘संघीयता बोझीलो भएकै हो, बोझीलो भएको आधारमा संघीयताको अन्त्य भन्दा यसलाई छरिटो बनाउनु उपयोगी हो ।’

उनले आफुले पहिलो पटक कांग्रेसको बैठकमा २७५ साँसदलाई २०१ जनामा ल्याउन प्रस्ताव गरेको उल्लेख गरे । मन्त्री पौडेलले प्रादेशिक संसद संख्यालाई आधा बनाउने, पालिका घटाएर वडा बढाउने प्रस्ताव गरेको बताए । मन्त्री पौडेलले संघीय मन्त्री १५ जना, प्रदेश मन्त्री ३ जनाको भए पुग्ने समेत बताए । उनले पैसाको व्यवहार पनि डिजिटल प्रणालीबाट गरे मात्र भ्रष्टाचारको अन्त्य हुने बताए ।

उनले संघीयता कार्यान्वयनमा समस्या रहेको र वर्तमान सरकार ७ बुँदे सहमतिको बिन्दुमा प्रवेश गर्न नसकेको बताए । दलहरुमा भएको द्विविधाका कारण संबिधान संशोधनको एजेण्डामा अगाडी बड्न नसकेको उनले बताए । सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको उल्लेख गर्दै ७ बुँदेलाई कार्यान्वयन गर्न त्यसै अनुसारको सहकार्य बढाउन जरुरी रहेको बताए । दुईदलमा स्पष्टता भए मात्र ७ बुँदे कार्यान्वयन गर्न सकिने उनको भनाई छ ।

पत्रकारको एक प्रश्नको जवाफ दिँदै खजुरामा रहेको क्यान्सर अस्पतालमा दरबन्दी नभएको सत्य भएको स्वीकार गरे । उनले कतिपय विषयगत बिशषज्ञहरु खजुरा स्थित क्यान्सर अस्पतालमा आउनै नचाहेको उनले बताए । हाललाई अस्थायी दरबन्दी कायम गरिएको र छिट्टै लोकसेवाबाट तोकिएकै अस्पतालका लागि विशषज्ञ चिकित्सकको विज्ञापन खोलिने जानकारी दिए ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा कांग्रेस भित्र कुरा उठेको बताउँदै आफुले पाएको मनत्रालयकै सिफारिसका आधारमा कार्यक्रम आएको बताए । संयुक्त सरकार भएकाले आ(आफ्नो मनत्रालयको जिम्मा मात्र लिन सकिने उनको भनाई छ । प्रधानमन्त्रिय प्रणाली भएकाले केही नाराहरुमा एमालेकरण भएको विषयलाई स्वाभाविक मान्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २४ बजे

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था