२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एकीकृत समाजवादीको बाँके अध्यक्षमा दीपक जीएम



नेपालगन्ज । दीपक जिएमको अध्यक्षतामा ५३ सदस्सीय जिल्ला कार्यसमिती सर्वसम्मत निर्वाचित गर्दै नेकपा एकीकृत समाजबादी बाँकेको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । यसअघि जिल्ला सचिव रहेका जीएम आठौं जिल्ला अधिवेशनबाट जिएम सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा शिव प्रसाद डाँगी र करिश्मा योगी, सचिव तेज प्रसाद अधिकारी तथा उपसचिवमा टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकबुल खान चयन भएका छन् । ५३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको प्रचार विभाग सचिव कुशल दलामीले जानकारी दिए ।

जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता अध्यक्षतामा आयोजित अधिवेशनमा एकीकृत समाजवादीका पार्टी महासचिव घनश्याम भुसाल प्रमुख आतिथिकारुपमा उपस्थित थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले एमाले हाँगा बिनाको पार्टी भएको टिप्पणी गरेका थिए । उनले केपी ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्दशा भएको बताएका थिए । भुसालले गणतन्त्रमा कर्मचारी भ्रष्ट भएको र कर्मचारी भन्दा ठुला भ्रष्टहरु राजनीति गर्ने ब्यक्ती रहेको समेत टिप्पणी गरे ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, केन्द्रिय सचिव सोम प्रसाद पाण्डे, पोलिटब्युरो सदस्य एवं बाँके इञ्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य एवं सह–इञ्चार्ज नारायणी ओलीलगायतले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित कमिटीलाई महासचिव भुसाल तथा निर्वाचन मण्डल अध्यक्ष खाँले पद तथा गोपनियताको सपथ ग्रहण गराएको निर्वाचन मण्डल सदस्य अम्मर राज खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३४ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर