२४ श्रावण २०८३, आइतबार | August 10, 2026

कालिकापथको हाईटेन्सन वालमा ठोक्किएर मृत्यु भएका शंकरनगरका युवकको शव २ दिनपछि फेला



बुटवल । बुटवलको कालिका पथको विद्युतको हाईटेन्सन वालमा मध्यराती मोटरसाइकल ठोक्किदाँ एक जनाको ज्यान गएको छ । शनिबारको मध्यराती वालमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिट्टिएर गएका तिलोत्तमा २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकल दुर्घटनाबाट टण्डनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको वालमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए ।

घटना शनिबार राति भएको र विद्युतको हाईटेन्सनको पोलमा ठोक्किएर झाडीमा मोटरसाइकल सहित मृतक खसेको उनले बताए । मोटरसाइकलसहित टण्डन झाडीमा छोपिएका कारण आज विहान मात्रै स्थानीयले खबर गरेको उनले बताए । दुर्घटनाबारे प्हरीले अनुसन्धान सुरु गरेको छ ।

बुटवल उपमहानगरले रात्रिकालिन बजार प्रस्ताव गरेको कालिकापथमा धमाधम रात्रिकालिन बजारलाई लक्षित गर्दै खुलेका क्लव, रेष्टुरेन्ट र बारहरुमा नियमन बिना मदिरा बेचबिखन र सेवन गराउँदा बाक्लो दुर्घटना हुने गरेको छ । उृपमहानगरले औपचारिक रुपमा रात्रिकालिन बजारको संचालन नगर्दै व्यवसायीहरुले रातभरी मदिराजन्य पदार्थको कारोबार हुने गरेको छ ।

सो क्षेत्रमा अत्याधिक दुर्घटना बढेपछि विद्युतको हाइटेन्स लाईनका लागि मोनो पोल लगाउने कामको थालनी भइसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ४२ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता