२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कालिकापथको हाईटेन्सन वालमा ठोक्किएर मृत्यु भएका शंकरनगरका युवकको शव २ दिनपछि फेला



बुटवल । बुटवलको कालिका पथको विद्युतको हाईटेन्सन वालमा मध्यराती मोटरसाइकल ठोक्किदाँ एक जनाको ज्यान गएको छ । शनिबारको मध्यराती वालमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिट्टिएर गएका तिलोत्तमा २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकल दुर्घटनाबाट टण्डनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । शनिबार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको वालमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए ।

घटना शनिबार राति भएको र विद्युतको हाईटेन्सनको पोलमा ठोक्किएर झाडीमा मोटरसाइकल सहित मृतक खसेको उनले बताए । मोटरसाइकलसहित टण्डन झाडीमा छोपिएका कारण आज विहान मात्रै स्थानीयले खबर गरेको उनले बताए । दुर्घटनाबारे प्हरीले अनुसन्धान सुरु गरेको छ ।

बुटवल उपमहानगरले रात्रिकालिन बजार प्रस्ताव गरेको कालिकापथमा धमाधम रात्रिकालिन बजारलाई लक्षित गर्दै खुलेका क्लव, रेष्टुरेन्ट र बारहरुमा नियमन बिना मदिरा बेचबिखन र सेवन गराउँदा बाक्लो दुर्घटना हुने गरेको छ । उृपमहानगरले औपचारिक रुपमा रात्रिकालिन बजारको संचालन नगर्दै व्यवसायीहरुले रातभरी मदिराजन्य पदार्थको कारोबार हुने गरेको छ ।

सो क्षेत्रमा अत्याधिक दुर्घटना बढेपछि विद्युतको हाइटेन्स लाईनका लागि मोनो पोल लगाउने कामको थालनी भइसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ४२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष