२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस



काठमाडौँ । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक क्षेत्र बनाउन सकिने आधारसहितको सरकारलाई सुझाव पेस गरेका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको पर्यटन क्षेत्रलाई दीगो, समावेशी तथा उच्च आम्दानीमूलक बनाउन सकिने आधारसहित सुझाव तथा मागपत्र पेस गरेका हुन् । पर्यटन व्यवसायीले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रुपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणीका होटलमा लागू दुई प्रतिशत विलाशिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउटस्ट्यान्डिङ ट्याक्स प्रणाली कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् ।

यस्तै, साना तथा मझौला पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था तथा ट्राभल एजेन्सीलाई सेवा शुल्क सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले दीर्घकालीन र सहज राहदानी नीति लागू गर्नुपर्ने, कैलाश मानसरोवर यात्राका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) डिजिटलाइजेसन अनिवार्य गर्नुपर्ने, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी विदेशी पर्यटकका लागि अनिवार्य ट्राभल इन्सुरेन्स नीति बनाउनुपर्ने माग गरेका छन् ।

यसैगरी, राष्ट्रिय पदमार्गका रुपमा कानुनी मान्यता दिएर पूर्वाधार, सूचना, सुरक्षा, सङ्केतबोर्ड आदिको व्यवस्थित विकास गर्न सकिने, ग्रेट हिमालय ट्रेललाई दश खण्डमा बाँडेर आवश्यक पूर्वाधार विकास, प्रवद्र्धन र मार्केटिङ गर्ने तथा यसका माध्यमबाट नेपाललाई विश्वको प्रमुख साहसिक पदयात्रा गन्तव्यका रुपमा स्थापित गर्न सुझाव दिइएको छ ।

पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाकालगायत अन्य विशेष नाकामा अध्यागमनको आवश्यक सुधारसहित चीन र छिमेकी मुलुकसँगको सीमा व्यापार तथा धार्मिक पर्यटन प्रवेशद्वारका रुपमा विकास गर्न पहल गर्नुपर्ने माग गरेका छन् । गुम्बा, ध्यान केन्द्र, योग आश्रम, पदमार्ग र सांस्कृतिक तीर्थस्थललाई एकीकृत गरी आध्यात्मिक पर्यटनको विकास गर्नुपर्ने यसका लागि आध्यात्मिक, वेलनेस र पदयात्रा पर्यटनलाई एकीकृत विकास गर्न सकिने बताइएको छ ।

व्यवसायीहरुले पर्यटन पूर्वाधार सञ्चालनमा उच्च विद्युत् महसुल लाग्ने हुँदा होटल, रिसोर्ट तथा ट्रेकिङ होलिडे क्याम्पलाई औद्योगिक दरमा विद्युत् उपलब्ध गराउँदा पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने बताएका छन् ।

भेटमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पा, होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, नाट्टाका महासचिव युविका भण्डारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ३८ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा