१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँके प्रहरी प्रमुख घर्ती सहित फोनिजका नवनिर्वाचित पदाधिकारीलाई बाँके शाखाको सम्मान



नेपालगन्ज । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बाँके शाखाले बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान सहित स्वागत गरेको छ । फोनिजले केन्द्र र प्रदेशमा निर्वाचित पदाधिकारी सदस्य तथा बाँकेमा सरुवा भई आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्तीमगर र नेकपा एकीकृत समाजवादीमा नवनिर्वाचित बाँके अध्यक्ष दीपक जिएमलाई सम्मान सहित स्वागत गरेको हो ।

फोनिजको केन्द्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य द्वय गजेन्द्र गुरुङ र प्रज्वल श्रेष्ठ तथा लुम्बिनी प्रदेश कोषाध्यक्षमा निर्वाचित भगतराम थारुलाई बाँके शाखाले सम्मान गरेको हो । सोही अवसरमा बाँके सरुवा भएर आएका बाँके प्रहरी प्रमुख घर्ती र एकीकृत समाजवादीको जिल्ला अधिवेशनबाट निर्वाचित जिएमलाई पनि फोनिजले सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै बाँकेका प्रहरी प्रमुख घर्तीले आफुले निश्पक्ष र निर्भीकतापूर्वक शान्ति सुरुक्षाको सम्पादन गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा शान्ति बहाल गर्न सबैको सहयोग आवश्यक रहने जनाउँदै बाँकेका आदिवासी जनजातिबाट पनि कार्य सम्पादनमा सकारात्मक सहयोग पाउने अपेक्षा गरे ।

कार्यक्रममा फोनिज लुम्बिनीका इन्चार्ज गजेन्द्र गुरुङले अग्रज र सरोकारवालालाई सम्मान गर्ने परम्परा बसालेकोमा बाँके शाखालाई धन्यवाद दिए । जिल्ला अध्यक्ष अशोक थापाको अध्यक्षतामा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा, नेपालगन्जकी पूर्व उपमेयर उमा थापा, खजुरा प्रज्ञाप्रतिस्थानका प्राज्ञ सुन्दर गुरुङ, पत्रकार शरण कर्माचार्यलगायतले बाँकेमा रहेका सबै आदिबासी जनजातिहरुलाई गोलबन्द गर्नेगरि कलम चलाउन फोनिजका पत्रकारहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : ०४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले