४ श्रावण २०८३, सोमबार | July 20, 2026

जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने



काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । देशमा रहेका राजावादी शक्तिहरु एक्लाएक्लै आन्दोलनमा जाँदा आन्दोलनले गति लिन नसकेपछि सबै शक्ति एउटै मञ्चमा भेला भएर आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताइएको छ ।

समितिको आयोजनामा भोलि बैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजाबादी हिन्दुबादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नबराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।

उनले भने ू कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट ब्यबस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपुर्ण हुनेछू  ।  भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरुले आन्दोलनमा समर्थन जनाउदै प्रतिबद्धता ब्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : २२ बजे

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको