२ पुस २०८२, बुधबार | December 17, 2025

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रलाई जिल्ला अदालत काठमाडौं लगिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् । यसअघि वैशाख २१ मा काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनी गत चैत १५ गते साँझ पक्राउ परेका थिए । राजावादीको प्रदर्शनमा भिडलाई उकासेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनलाई बिहीबार सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । तीनकुनेमा राजावादी समूहको आन्दोलन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो ।

त्यसबेला प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, व्यवसायिक स्थल र सरकारी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर जबरा भने क्यान्सरको बिरामी भएकाले छुटिसकेका छन् । चैत २८ गते भारतबाट समातिएका दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ३० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन