२२ भदौ २०८३, सोमबार | September 8, 2026

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई ललितपुर-३ बाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

साउदले आयरल्याण्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।

विदेश लैजाने बहानामा रकम लिएर लामो समय फरार भएपछि दुबैविरूद्ध पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए। पक्राउ परेकालाई मंगलबार वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार