२ श्रावण २०८३, शनिबार | July 18, 2026

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड



रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट कार्यक्रमको रूपमा उल्लेख गरेका छन् ।

मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई जिल्लाका विभिन्न कार्यक्रमहरू सकिएपछि बास बस्नका लागि मुसिकोट नगरपालिका–५ स्थित सेरी गाउँमा व्यवस्थापन गरिएको थियो। सेरी गाउँमा अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो। अध्यक्षसहितको टोलीलाई पार्टी नेता, कार्यकर्ता तथा स्थानीयबासीहरूले फूलमाला र नाराजुलुससहित स्वागत गरेका थिए। स्वागतपछि अध्यक्ष प्रचण्डले आफूलाई स्वागत गर्न उपस्थित बुद्धिजीवी, व्यवसायी, पार्टी नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे ।

सम्बोधनमा अध्यक्ष प्रचण्डले रूकुम प्रवेश गरेदेखि नै कार्यक्रमहरू उत्साहजनक भएको बताउँदै, चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे । उनले मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गतका जनसभा र कार्यक्रमहरूमा चौरजहारीको जनसभा सबैभन्दा सशक्त र व्यापक भएको धारणा व्यक्त गरे ।

“पार्टीप्रति रूकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन,” प्रचण्डले भने, “यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ। विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ।”

उनले पार्टीले रूकुमको समुचित विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउँदै, स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको बताए।

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ४८ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो