२ श्रावण २०८३, शनिबार | July 18, 2026

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी कमिटी माओवादी केन्द्रमा समाहित



रुकुमपूर्व । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राखे। उनले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्ट पारे ।

त्यसअववसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपा (नयाँ शक्ति)का पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा (एमाले) निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा समाहित भएका छन्।

प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे। सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टी प्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको उनले बताए । उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  २ : २६ बजे

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति