११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

रुपन्देहीमा ‘एक घर, एक स्काउट’



तिलोत्तमा । बालबालिकालाई अनुशासित र नैतिकवान बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।

बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभासदस्य लीला गिरीले आफू सहित समाजलाई नैतिकवान बनाउने कुरामा स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “ व्यक्ति नैतिकवान र चरित्रवान भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ । ” कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पु¥याइ विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे ।

नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए । कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए ।

कार्यक्रममा प्राडा आरसि आचार्य, रुपन्देही व्यापार सङ्घ कोषाध्यक्ष मणि खनाल , नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा मुख्य प्रशिक्षक सुशीला कुमारी विष्ट, प्याब्सन पूर्व अध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्वमाथि प्रकाश पारेका थिए । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दिनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थभन्दामाथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  २ : ०३ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम