काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरोध र नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी दलका सांसदहरुले नारावाजी गरिरहेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । विपक्षी दलका सांसदहरु आआफ्नो स्थानमा उठिरहेको बेला सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।
त्यसअघि बैठकमा माओवादीका वर्षमान पुन र रास्वपाका शिशिर घिमिरेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।



















प्रतिक्रिया