३ पुस २०८२, बिहिबार | December 18, 2025

गाउँगाउँमा सिंहदरबारको अवधारणा अझै पूर्ण हुन नसकेकोमा प्रचण्डले गरे चिन्ता



गोरखा । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताए ।

उनले भने, “संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ। त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।”

संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता व्यक्त गरे। “गाउँगाउँमा सिंहदरबार” भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। बुढी गण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले भने, “अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ। शुसासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ।”

युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए ।

“नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने ।

गोरखामा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  २ : ४५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन