काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निस्कर्ष निकालेका छन् ।
प्रधानमन्त्रीसँग कुरा गर्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगेका देउवा र ओलीबीच यस्तो सहमति भएको हो ।
उनीहरुले भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको निस्कर्ष निकालेका छन् ।
शीर्ष नेताहरुको बैठकमा विपक्षीको माग र संसद बैठक सञ्चालनका विषयमा छलफल भएको बैठकमा सहभागी एमालेका मुख्यसचेतक महेश बर्तौलालले बताए । उनले आज विपक्षीले सदन चलाउन दिन सहमत हुनुपर्ने बताए । संसद बैठकमा आफुमाथि संसद भित्र र बाहिर उठेका प्रश्नबारे गृहमन्त्रीले जवाफ दिने पनि उनले जनाए ।


















प्रतिक्रिया