७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मविरुद्ध नियोजित षड्यन्त्र गरियो : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुविरुद्ध राजनीतिक आग्रह र पूर्वाग्रह राखेर नियोजित षड्यन्त्र गरिएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र गरिएको बताएका हुन् ।

लेखकले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’

संसद बैठकमा आफ्ना कुरा राख्न चाहे पनि विपक्षीहरुको अवरोधका कारण बोल्न नपाएपछि लेखकले पत्रकार सम्मेलन गरेका हुन् ।

आफ्नो विगत सादगी र इमान्दारितमा बितेको दाबी गर्दै उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको जिकिर गरे ।

लेखकले भने, ‘जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ५ : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज