काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुविरुद्ध राजनीतिक आग्रह र पूर्वाग्रह राखेर नियोजित षड्यन्त्र गरिएको बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र गरिएको बताएका हुन् ।
लेखकले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
संसद बैठकमा आफ्ना कुरा राख्न चाहे पनि विपक्षीहरुको अवरोधका कारण बोल्न नपाएपछि लेखकले पत्रकार सम्मेलन गरेका हुन् ।
आफ्नो विगत सादगी र इमान्दारितमा बितेको दाबी गर्दै उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको जिकिर गरे ।
लेखकले भने, ‘जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।



















प्रतिक्रिया