१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

जिल्ला अदालतको फैसला उल्ट्याउँदै अफताव आलमलाई उच्च अदालतबाट सफाइ



काठमाडौं । ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालत वीरगन्जले उल्ट्याइदिएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।

इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको कसुरमा जिल्ला अदालतबाट उनी विरुद्ध जन्मकैदको फैसला आएको थियो । अदालतको फैसलासँगै उनी नख्खु कारागारमा रहेका थिए । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुने भएका छन् । आजै उनलाई थुना मुक्त गर्ने तयारी भएको बताइएको छ ।

आलमलाई सफाइ दिने क्रममा उच्च अदालतले वारदात नै पुष्टि हुन नसकेको विषयलाई प्रमुख आधार मानेको पाइएको छ । आलमको घरमा बम विस्फोट भएको भन्ने कुरा वस्तुनिष्ठ आधार तथा प्रमाणले पुष्टि हुन नसकेको अदालतको ठहर छ ।

२०६४ को संविधानसभा निर्वाचनताका आफ्नै घरमा भएको बम विस्फोटका घाइते कार्यकर्तालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि थियो । चुनावको अघिल्लो दिन बुथ कब्जाको तयारी स्वरूप बम बनाउँदै गर्दा विस्फोट भएको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

त्यसको पोल खुल्ने डरले घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको जिकिर अभियोग पत्रमा गरिएको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । अहिले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित ४ जनाको हकमा रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २९ बजे

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष