३ श्रावण २०८३, आइतबार | July 19, 2026

छैठौं वर्षमा खबरकुरा



गणतन्त्र दिवसको ऐतिहासिक अवसर पारेर सुरु गरिएको संज्ञान मिडियाद्वारा सञ्चालित खबरकुरा डटकम आज पाँच वर्ष पार गरेर गौरबमय छैठौं वर्षमा प्रवेश गरेको छ । छैठौं वर्ष प्रवेशको यो अवसरमा सबैभन्दा पहिला हामी सबै आदरणीय पाठक, विज्ञापनदाता, शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौं ।

यो यात्राको पाँच वर्ष केवल कालगणना मात्र होइन, चुनौतीहरूसँगको सतत जुधाइ, सीमित स्रोतसाधनमा गरिएको कठोर परिश्रम र सत्य–न्यायको पक्षमा निर्भीकतापूर्वक उभिने पत्रकारिताको आदर्श यात्राको साक्षी हो । पाँच वर्ष हाम्रा लागि केवल समयको हिसाब मात्र रहेन, संकट, संघर्ष र सकस पार गर्ने जीवित अनुभव पनि भयो । सीमित स्रोत, साधन र संरचनाबीच हामीले सूचना सम्प्रेषणको धर्मबाट कहिल्यै च्युत भएनौं । कहिले भ्रष्टाचारविरुद्धको कलम चलायौं, कहिले समाजमा गहिरिएको विकृति र विसंगति उजागर ग-यौं । जनसरोकारका हरेक विषयमा खबरकुराका हेडलाइन बनेका छन् । हाम्रा हरेक समाचार, विश्लेषण र अभिव्यक्तिहरूले सत्यको पक्ष लिने साहस बोक्दै आएकाछन् ।

सत्य बोल्नु, लेख्नु र सम्प्रेषण गर्नु यति सजिलो छैन, विशेषतः त्यस्तो समयमा जब सूचनालाई तोडमोड गर्ने, डर देखाउने र बिकाउने चलनले मूलधार मिडियालाई नै छोप्न खोजिरहेको छ । खबरकुराले सुरुदेखि नै यस्ता प्रवृतिहरूसँग भिन्न रहँदै पत्रकारितालाई जनमुखी, सत्यपक्षीय, सूचनामुखी र जिम्मेवार बनाउने कार्यमा मात्र आफूलाई समर्पित राख्दै आएको छ । पाँच वर्षको छोटो समयमै खबरकुरा डटकमले सामाजिक न्याय, लोकतान्त्रिक मूल्य, सुशासन र नागरिक सरोकारका मुद्दालाई प्राथमिकता दिँदै मोफसलमा समेत वैकल्पिक मिडियाको भरोसायोग्य स्वरूपमा स्थापित गर्न सकेको छ । कोरोना महामारीको बीचमा जन्मिएको खबरकुराले राजनीतिक अस्थिरता र आर्थिक संकटजस्ता कठिन क्षणहरूमा पनि निरन्तर जानकारी, विश्लेषण र चेतना सम्प्रेषणको कार्य रोकेको छैन । यही अडानले हामीलाई आम पाठकवर्गको विश्वास जित्न सफल भएको छ ।

पत्रकारिता केवल समाचार लेख्ने कर्म मात्र होइन, यो एक सामाजिक संवाद पनि हो । तपाईंहरूको सतत विश्वास, साथ, सुझाव र आलोचनाले नै खबरकुरालाई आजको उचाइमा ल्याउन सम्भव भएको हो । आलोचना–प्रतिक्रिया र सुझावप्रति हाम्रो सदैव खुला हृदय रहनेछ ।

अबको यात्रामा हामी अझै निखारिएर, तथ्य र तर्कमा आधारित सामग्री प्रस्तुत गर्ने एवं समावेशी दृष्टिकोण राख्ने संकल्प गर्दछौं । सत्यका पक्षमा उभिएको कलम कहिल्यै झुक्नेछैन, निष्पक्षताको आवाज कहिल्यै मर्ने छैन ।

अन्तमा, गणतन्त्र दिवसको शुभ अवसरमा हामी सम्पूर्ण नेपाली जनमानसमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछौँ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ५० बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा