८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाख्रा उपहार पाएपछि महिला खुसी



बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।

गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । यसै साता मात्र काठेखोला-७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।

स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ । उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ ।

उनले भनिन, “गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम गर्यो, पहिले बाख्रापालन गर्ने चलन कम थियो, अहिले गाउँमा धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एकदुईवटा बाख्रा देखिन्छन्, अप्ठ्यारो परेका बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले रु दुईचार हजार आवश्यक पर्दा ऋण गर्नुपथ्र्यो, अहिले एउटा पाठो बेचे आउँछ ।”

काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन् । बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ७ : ४३ बजे

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा