३० असार २०८३, मंगलबार | July 15, 2026

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय



बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले ।

अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

बागलुङको काठेखोला गाउँपालिका-७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकिर्षत हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चियाखेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन सुरु गरेका छन् । बसाइँसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसीमात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्याउन थालेको छ ।

२०७६ सालमा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षण लगाइएको थियो । सुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन । कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताए । अहिले अघिल्लो वर्षको तुलनमा धेरै उत्पादन भएको छ ।

सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फाडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछाने बताए ।

रेश साना किसान सहकारी संस्थामार्फत चियाखेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुईपटक टिपेको भन्दै प्रतिकिलो दुई हजारमा बिक्री हुने गरेको छ । यस वर्ष २० लाखको चिया बिक्री हुने अपेक्षा छ । रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताइन् ।

उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउँछिन् । अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडालगायत ३०० रोपनी क्षेत्रमा चियाखेती गरिएको अध्यक्ष शर्माले जानकारी दिइन् । चियाखेतीमा गाउँका करिब २८० परिवार आबद्ध छन् ।

जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताए । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उनको भनाइ छ । चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : १६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित