काठमाडौं। प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।
प्रहरीले थापा, राप्रपाका सांसद दीपक सिंह र अन्य ६ जनालाई रिहा गरेको हो । थापा र ६ जना राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए । थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दिपक सिंहले प्रहरी विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।
राजावादी समूहले १५ गतेदेखि राजतन्त्र पुनस्र्थापनाको माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आफ्ना नेता कार्यकता पक्राउको विरोधमा भोलि सोमबार उपत्यका बन्दको घोषणा गरेका छन् ।


















प्रतिक्रिया