२ पुस २०८२, बुधबार | December 18, 2025

भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छ : अध्यक्ष प्रचण्ड



काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलको आजको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय पनि प्रतिपक्षी दलको बैठकले गरेको जानकारी दिए ।

संसदीय छानबिन समिति या पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नेता प्रचण्डले बताए । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित लागेको उनको भनाइ छ ।

“अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ”, उनले भने ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ४ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल