२ पुस २०८२, बुधबार | December 17, 2025

एक साताभित्र देशभर मनसुन सक्रिय हुने



काठमाडौं । कोसी प्रदेशबाटै फिर्ता भएको भनिएको यस वर्षको मनसुन फेरि नेपालमा सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।

मंगलबार मात्र यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको भएपनि कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ मनसुन फर्किएको र अझै केही दिन मनसुन फैलिने सम्भावना नभएको विभागले बताएको थियो । तर पुनः एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा छ ।

‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘मनसुनी वायु कोशी प्रदेशसम्म मात्रै छ । तर, मनसुन आउनका लागि अनुकूल वातावरण बन्दैछ । अब एक हप्तासम्म मनसुन प्रोगेसको अवस्था देखिन्छ ।’

केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् । कँडेलले यस वर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।

‘यसवर्ष १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो । हामीले बुधबार बिहीबारबाट पानी गर्ने गतिविधि हुन्छ भनेर भनेका थियौं,’ कँडेलले भनिन्, ‘सोही अनुसार देशव्यापी रुपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएका छन् । आगामी दिनमा पनि वर्षाका गतिविधि वृद्धि हुँदै जाने क्रम देखिन्छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  २ : ४९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन