१८ माघ २०८२, आइतबार | February 1, 2026

कोशीबाट फैलिँदै मनसुन लुम्बिनीसम्म पुग्यो



काठमाडौं । यो वर्षको मनसुन लुम्बिनीका केही भू-भागसम्म प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (जेठ २९) कोसीको बाँकी भू-भाग, मधेस, वाग्मती, गण्डकीका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ ।

नेपालमा मनसुन जेठ १५ गते राति नेपाल प्रवेश गरेको थियो । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो ।

“यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भू-भाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ,” महाशाखाले बिहीबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ४३ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४