२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

विनयी खोलाको डाइभर्सन बाढीले बगायो



काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ । गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट गाडी सन्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव छैन । त्यसैले मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।

तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ । दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएको छ । त्यस्ता ठाउँहरुमा प्रहरीहरु खटाइएको छ । उनीहरुले स्काभेटर अपरेटरलाई बाटो सम्याउन लगाउने र गाडी पास गराउने कोसिस गरिरहेका छन् । दाउन्ने खण्डमा सवारी साधनहरु बल्ल-बल्ल पास हुन सकेका छन् । घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ४० बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,